नियम ९३
निर्वाचनमा भाग लिन नहुने
: सशस्त्र प्रहरी कर्मचारीले कुनै पनि राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्नका लागि कुनै प्रकारको प्रभाव पार्न हुँदैन ।
तर कसैलाई मत दिने वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफूले पाएको मतदानको अधिकार प्रयोग गर्न पाउनेछ ।